आमाको मृत्यु भए पछि २० वर्षीय छोरीले यसरी गरिन काजक्रिया

गत भदौ २ गते मालिका ७ घमिरकी बाटुला रोकाहा मगर एक्कासि बिरामी परिन्। उपचारका लागि उनलाई परिवारले गुल्मी अस्पताल लगे।

अस्पतालले स्वास्थ्य अवस्था गम्भीर देखेपछि बाटुलालाई काठमाडौं स्थित टिचिङ हस्पिटल रिफर गर्यो। चेकजाँचपछि बाटुलालाई जण्डिस देखियो। डाक्टरको सल्लाह र औषधि सेवनपछि उनको स्वास्थ्य केही सुधार हुँदै आएको थियो।

बाटुलाकको परिवारमा श्रीमान र चार छोरी छन्। दुई छोरीको बिहे भइसकेको छ भने साइली र कान्छी छोरीले गाउँकै स्कुलमा पढ्दै आएका छन्। डाक्टरले बाटुलाको स्वास्थ्यमा सुधार आएको बताए पनि उनको एक्कासि उपचारको क्रममै अस्पतालमा भदौ १३ गते मृत्यु भयो। बाटुलाको पार्थिक शरीरलाई समाजसेवी सूर्य लम्सालको पहलमा घमिर काठमाडौं सरोकार समाजसहित परिवारले पशुपति आर्यघाट दाहसंस्कार गरे।

दाजुभाई र परिवारको सल्लाह अनुरुप उनको काजकिरिया गाउँमै गर्ने निर्णय गरियो। साइली छोरी कञ्चन पार्थिक शरीरलाई सदाका लागि छोडेर आमाको सम्झना र याद बाकेर गाउँ फर्किन्।

समाजमा हिन्दु संस्कार अनुसार आमा बुबा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले काजकिरिया गर्न हुँदै भन्ने चलन छ। प्रायः आमा बुबाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन्। तर गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा आमाको मृत्युपछि २० वर्षीय साइली छोरी कञ्चन रोकाहा मगरले आमाको काजकिरिया गरिरहेकी छिन्।

घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीले नै दागबत्ती दिएर काजकिरिया सुरु गरेकी हुन्। सानो उमेरमै आमा गुमाएकी कञ्चनको फोटो सामाजिक संजाल फेसबुकमा भाइरल छ। छोरीको आँट र साहसलाई सम्मान गर्दै प्रशंसा गरेका छन्।

बुबा आमाको मृत्युपछि छोराले सबै गरेको त देखिरहेका छौं तर छोरीले आमाको दाहसंस्कारदेखि काजकिरिया गरेको गाउँकै पहिलो भएको मालिका गाउँपालिका-७ का वडाध्यक्ष हिरा कार्कीले बताए।

समाजमा हिन्दु संस्कार अनुसार आमा बुबा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले काजकिरिया गर्न हुँदैन भन्ने चलन छ। प्रायः आमा बुबाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post