आज यि प्रदेशमा छ वर्षाको सम्भावना?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यूनचापीय क्षेत्र अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ। साथै कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post