हार्दिक श्रद्धाञ्जली कठै २५ वर्षीया सुत्केरीको यसरी गयो ज्यान

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधी नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए । उपाध्यायकाअनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो ।

सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो । मृतकका आफन्तले प्रसुती वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन् । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post