तीन यात्रुसहित बाढीले बगायो जिप

बागलुङबाट पोखरा आउँदै गरेको जिप तीन जना यात्रुसहित बाढीले बगाएको छ।

शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक जिप बगाएको प्रहरीले जनाएको छ।

पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुषालका अनुसार बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए। बाँकी दुई जना बाटोबाट चढेका डिसपी भुषालले बताए। चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ।

चालकले दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो। जिप फसेपछि चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो।

त्यति बेलासम्म यात्रु जिपमै रहेको उनले बताएका छन्।घटनालगत्तै उद्धारमा खटिएका डिएसपी भुषालका अनुसार अहिले पनि यात्रुको खोजीकार्य जारी छ।

जिप भने केही समयअघि तमादी खोला र मोदी खोलाको दोभानमा भेटिएको छ।'जिप टुक्राटुक्रा अवस्थामा मोदी खोलाको दोभानमा भेटिएको छ,' उनले सेतोपाटीसँग भने, 'यात्रुको खोजी जारी छ।'उनका अनुसार अहिलेसम्म यात्रुको सनाखत भएको छैन।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post