हार्दिक श्रद्धाञ्जली ट्रकको ठक्करबाट प्रहरी असईको मृत्यु

ट्रकको ठक्करबाट बेलका नगरपालिका–२ भागलपुर प्रहरीचाकैकीमा कार्यरत असई श्रीकुमार बस्नेतको ज्यान गएको छ ।

गाईघाटबाट प्रदेश १–२–०५१ प ६४७८ नं को मोटरसाईकलमा भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ बर्षिय बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

इटहरी उपमहानगरपालिका–८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत बस्नेत जिल्ला प्रहरी कार्यालयको इन्चार्जहरुको बैठकमा सहभागि भई फर्किने क्रममा ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक र सवारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post