रूकुमबाट दाङ आउँदै गरेको गाडी दुर्घटना

रुकुमको नुवाकोटबाट दाङको तुलसीपुर आउँदै गरेको गाडी दुर्घटनामा परेको छ।लु २ ख ५७३१ नम्बरको यात्रुबहाक गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ आगरखोलामा दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख, डिएसपी दामोदर केसीले सोमबार अपराह्न ३ बजेतिर सल्यानको कपुरकोट क्षेत्रमा गाडी दुर्घटनामा परेको बताए।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दा पुगेका छन्। घाइतेको उद्धार जारी रहेको उनले बताए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post