बेवारिसे अवस्थामा नवजात शिशु फेला

जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँपछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी मौरेबाट खटिएको टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए।

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको पनि उनले जानकारी दिए। नवजात शिशु बालक हुन्।नवजात शिशु कसले फालेको हो भन्नेबारे जानकारी प्रहरीले लिइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post