कुपोषणले एक बालिकाको मृत्यु



शीघ्र कुपोषण भएकी शुभकालिका–८ पोरिवाडाकी १४ महिनाकी बालिका ललिता विश्वकर्माको आइतबार मृत्यु भएको छ । मुग्राहा स्वास्थ्य चोकीले शीघ्र कुपोषण पत्ता लगाएर पालिकाको स्वास्थ्य चौकी राराकाटिया हुँदै जिल्ला अस्पताल मान्म रेफर गरी पठाएकी बालिकाको अवस्था नसुध्रिएर मृत्यु भएको होउँबाट पालिका हुँदै जिल्ला अस्पताल पुर्‍याए पनि छोरी बचाउन नसकिएको बुबा रति कामीले बताए । गाउँको स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल लग्यौं । उनले भने, ‘त्यहाँबाट साउन ११ गते घर पठाइदिए ।

जेठ ५ गतेबाट मान्म गएर कुपोषणको उपचार गरिए पनि छोरीको अवस्था नाजुक भएकाले बचाउन नसकेको आमा धनकौराले बताइन् । उनका ४ सन्तानमध्ये ललिता कान्छी हुन् । अरु पनि दुई छोरी र एक छोरा छन् ।

राराकाटिया पठाएको र त्यहाँबाट पनि अवस्था नाजुक भएकाले जिल्ला अस्पताल रेफर भएको स्वास्थ्यचौकीकी अनमी बलु शाहीले सुनाइन् ।घरको आर्थिक अवस्था कमजोर भएकाले बालिकालाई कुपोषण भएको हुनसक्ने राराकाटिया स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र चौलागाईंले बताए ।

उनले ढिलो स्वास्थ्य संस्थामा आएको र बालिकाले पनि आरयूटीएफ नखाएकाले जिल्ला अस्पताल मान्म रेफर गरेको जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post