बाल सुधार गृहमा किशोरको मृत्यु भएपछि तनावग्रस्त

भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्यु भएको छ।रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो। उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो।

अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। अहिले शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन्।

उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।ढाडमा निलो डाम र दायाँ खुट्टा सुनिएको थियो। त्यसैले कुटपिट भएको हो,' मृतकका भिनाजु विनोद बुढाथोकीले भने। उनका अनुसार आज बिहान पौने ७ बजे सुधार गृहले फोन गरेपछि आफन्त लिएर अस्पताल पुगेका थिए।उनीहरूलाई कमल बिरामी परेको पनि थाहा थिएन।


बाबालसुधार गृहका कोअर्डिनेटर सन्तुलाल देशे‍मरूंका कमल सामान्य बिरामी परेपछि ओषधी खुवाइएको थियो। उनी शनिबार बेलुका खाना खाएर सुतेका थिए। बिहान ढिलासम्म नउठेपछि अस्पताल पुर्‍याइएको कोअर्डिनेटर देसेमरूंले बताए। 

'के कारणले मृत्यु भयो भन्नेकुरा पोष्टमर्टम  रिपोर्ट आएपछि थाहा हुन्छ,' उनले भने।एक दुईदिन अघिदेखि सामान्य बिरामी भएको भन्ने सुन्नमा आएको पनि उनले बताए।  

कमलका परिवार र आफन्तसँग घटनाबारे छलफल चलिरहेको पोष्टमर्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने कोअर्डिनेटर देसेमरूँले बताए। लसुधार गृहका कोअर्डिनेटर सन्तुलाल देशे‍मरूंका कमल सामान्य बिरामी परेपछि ओषधी खुवाइएको थियो। उनी शनिबार बेलुका खाना खाएर सुतेका थिए।

बिहान ढिलासम्म नउठेपछि अस्पताल पुर्‍याइएको कोअर्डिनेटर देसेमरूंले बताए
'के कारणले मृत्यु भयो भन्नेकुरा पोष्टमर्टम रिपोर्ट आएपछि थाहा हुन्छ,' उनले भने।एक दुईदिन अघिदेखि सामान्य बिरामी भएको भन्ने सुन्नमा आएको पनि उनले बताए।कमलका परिवार र आफन्तसँग घटनाबारे छलफल चलिरहेको पोष्टमर्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने कोअर्डिनेटर देसेमरूँले बताए।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post