छोरीलाई विष खुवाएर मार्ने बाबु पक्राउ

सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईले बताए ।

उनका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो अपराध गरेको बताइएको छ ।

Post a Comment

Previous Post Next Post