जहाज दुर्घटना हुँदा ३ जना सैनिकको गयो ज्यान

सैन्य अभ्यासका क्रममा आइतबार भएको सैन्य जहाज दुर्घटनामा पर्दा अस्ट्रेलियामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने कयौँ गम्भीर घाइते भएका छन् ।

दुर्घटनाग्रस्त एमभी–२२बी असप्रे विमानमा २३ जना अमेरिकी सैनिक सवार थिए । जसमध्ये तीन जनाको मृत्यु भएको थियो भने ५ जनालाई गम्भीर अवस्थामा रोयल डार्विन अस्पताल लगिएको जानकारी दिइएको छ ।

स्थानीय समयअनुसार बिहान साढे ९ बजे भेलभिल टापुमा यो दुर्घटना भएको थियो ।अमेरिकी रक्षा सचिव लोयड अस्टिनले दुर्घटनामा मारिएका सैनिकको परिवारलाई समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।दुर्घटना के कारणले भयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post