खतरनाक ब्यक्ति पक्राउ गरेछन यस्तो डरलाग्दो काम..

विभिन्न देशमा आकर्षक रोजगारी मिलाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठगीका छुट्टाछुट्टै घटनामा पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नवलपरासीको देवचुली नगरपालिका-८ घर भई कठमाडौं टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछापको उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार छन्।

यस्तै सल्यानको कपुरकोट गाउँपालिका-३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्कीको पोखरा महानगरपालिका घर भई ललितपुरको ललितपुर महानगरपालिका-१४, नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ पक्राउ परेका हुन्।

उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलब हुने काममा लगाइदिन्छु भन्दै ५ लाख ४५ हजार रूपैयाँ, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलब हुने काममा लगाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको आरोप छ।

त्स्तै खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलब हुने काममा काम लगाइदिन्छु भन्दै १ लाख ९४ हजार रूपैयाँ र गुरूङले १ जनालाई नेदरल्याण्ड्स पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलब हुने काममा लगाइदिन्छु भन्दै ३ लाख ४५ हजार रूपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो।

पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मगरलाई काठमाडौंको टोखाबाट, सुनुवारलाई मनोहराबाट तथा खड्कालाई सामाखुसीबाट शुक्रवार र गुरूङलाई ललितपुरको नख्खीपोटबाट आइतवार पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। स्रोत: नुवाकोट एक्सप्रेस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post