फेवातालमा तैरिरहेको अवस्थामा एक जना युवाको शव फेला


फेवातालमा तैरिरहेको अवस्थामा एक जना युवाको शव फेला परेको छ ।


पोखरा सेदीस्थित वाटरफ्रण्ड रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा नजिकै रेस्टुरेन्टमा काम गर्नेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कपडासहित तैरिरहेको शवबाट मोबाइल, केही पैसा र लाइसेन्ससमेत फेला परेको थियो । कागजातअनुसार उक्त शव सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगर रहेको प्रहरीले जनाएको थियो ।

पानीका कारण मोबाइल भने नखुलेकाले थप जानकारी पाउन नसकिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए ।

जोशीका अनुसार शव हेर्दा बिहीबार बेलुका डुबेको हुनसक्ने अनुमान छ । उनी सिन्धुलीबाट घुम्न आएका थिए कि पोखरामै बस्थे भन्ने पत्ता लगाउन नसकिएको जोशीले बताए ।


प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।


शव हेर्दा चोटपटक वा कुनै डामसमेत नदेखिएकाले अन्य शंका गर्ने अवस्था भने रहेको जोशीको भनाइ छ ।

Post a Comment

Previous Post Next Post