छोरीसहित बेपत्ता भएकी महिलाको शव सेती नदिको किनारमा यस्तो अवस्थामा फेला

सेती नदिको किनारमा एक जना महिलाको शव फेला परेको छ ।कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदिमा बालुवा चाल्ने काम गर्दै आएकी कुसुम भन्ने देउमाया गुरुङ सेती नदिको किनारमा मृत भेटीएको प्रहरीले जानकारी दिएको छ ।

बालुवा चाल्ने स्थानीय बासिन्दाले दुई ढुंगाको बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीको उद्धार टोलीले उनको शबलाई बाहिर निकालेको थियो ।

उनको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी साउन १३ गते साँझदेखि छोरीसहित बेपत्ता भएकी थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post