बस दुर्घटना हुँदा आठ जना घाइते

दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको  रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला नजिकै  सडकको छेउमा पल्टिएकाे हाे । 

घाइते हुनेमा तिलकबहादुर रोका, २२ वर्षीया अञ्जु चौधरी, ३५ वर्षीया दिलकुमारी बुढा, २६ वर्षीया निता बुढा, ४६ वर्षीया नम्रता पोख्रेल, ४२ वर्षीय घनश्याम बस्नेत, ३६ वर्षीया मनकुमारी खत्री र ४३ वर्षीया मिना गिरी रहेका छन् । 

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनालगत्तै गाडी नियन्त्रणमा लिइ चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post