एकै दिन छ जना मृत अवस्थामा फेला

त्यस्तै धादिङको नीलकण्ठ नगरपालिका-५ पतेनी बस्ने ७५ वर्षीय राम बहादुर परियार सोही ठाउँस्थित खाल्टे-धादिङबेशी सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्चनपुरको भिमदत्त नगरपालिका-११ बाँसखेडास्थित नहर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसै गरी कञ्चनपुरकै भिमदत्त नगरपालिका-१० जिरो पोईन्टस्थित गताडी खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको बाह्रदशी गाउँपालिका-१ नयाँ बस्तीस्थित अदुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यता धनुषाको मिथिला नगरपालिका-७ कृषि बजारस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post