आज (सोमबार) यस्तो छ सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको हाे ।तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० कायम रहेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post