अर्जेन्टिनाले जितेपछि पेलेको अस्पतालबाटै आयो भावुक सन्देश


ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन् । यससँगै उनले फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका किलियन एमबाप्पेलाई पनि बधाई दिए ।

खेलाडीका रूपमा कीर्तिमानी तीन पटक विश्वकप जितेका पेलेअहिले श्वासप्र श्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन् ।

कतारको लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४/२ ले अर्जेन्टिनाले हराएपछि उनले आफ्नो सन्देश इन्स्टाग्राममा पोष्ट गरेका हुन् । अतिरिक्त समयमा अर्जेन्टिना र फ्रान्स ३/३ गोलको बराबरीमा रोकिएपछि सुटआउटको सहारा लिइएको थियो ।

लेजेन्ड पेलेले भने, फुटबलले आजफेरि आफ्नो कथा रोचक ढंगले सुनायो । मेस्सीले आफ्नो पहिलो विश्वकप जितेका छन्, जसको उनी पूर्ण हकदार थिए। मेरो प्यारो साथी एमबाप्पेले फाइनलमा चार गोल पेनाल्टी सुटआउट सहित गरे। हाम्रो खेलको भविष्यको लागि यो उत्कृष्ट प्रदर्शन हेर्न पाउनु कुनै उपहार भन्दा कम थिएन।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४/२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६:: को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे । निर्धारित ९० :मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।

तर फ्रान्सले ११८ :औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । उनले विश्वकप फाइनलमा ह्याट्रक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटकविश्वकप जित्नेसपना पूरा हुन पाएन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post