
बैतडीको पञ्चेश्वर गाउँपालिका-४ को फेउलीकी २० वर्षीया माया लुहारको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले आइतबार महेन्द्रनगरबाट पक्राउ परेका शिवनाथ गाउँपालिका–४ सोल्पलाका २२ वर्षीय भरतराम कोलीलाई सोमबार सार्वजनिक गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान कोलीले मायाको चक्कु प्रहारबाट हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।