जिम जान थालिन् समिक्षा ‘डे वान’ भन्दै सेयर गरिन् जिम घर भित्रको तस्विर

बहुचर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् ।उतारचढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् र मिडियाका समाचारहरु पनि डिलिट गर्न लगाइन् ।

गत हप्ता मात्रै ओएस नेपालले छापेको उनको मध्यरातमा लेखिएको स्टाटस अब त अति भयो, बाँच्न मन छैन भन्दै लेखेको स्टाटस अनुसार छापिएको समाचार उनले सहयोगी मार्फत हटाउन आग्रह गरिन् ।

समिक्षाले सामाजिक संजालमा सक्रिया देखाउन खोजेकी छिन् । तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् ।

कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी ।

जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् । सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् ।

जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post