टिपरको ठक्करले किशोरीको मृत्युपछि रुपनी तनावग्रस्त

राजविराज — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा टिपरको ठक्करले किशोरीको मृत्यु भएपछि त्यहाँको स्थिति तानवपूर्ण बनेको छ ।

रुपहनी १ घर भएकी १२ वर्षीया रिताकुमारी यादवको टिपरको ठक्करबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीयले राजमार्गमा अवरुद्ध पारेका छन् । उनीहरुले चक्काजाम नै गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

सोही अवरोधकै कारण रुपनी सडक खण्ड यतिबेला अवरुद्ध भएको छ । सदरमुकाम राजविराजबाट घटनाबारे थप अनुसन्धानका लागि प्रहरी घटनास्थल आउँदै गरेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post