काठमाडौं । राजस्थानको जोधपुरमा अलिकति लापरवाहीले यस्तो भयानक दुर्घटनाको रुप लियो कि विवाहको खुसी शोकमा परिणत भयो ।
सिलिन्डर विष्फोटमा बेहुलाका आमाबुवासहित धेरै आफन्तको मृत्यु भइसकेको छ भने कैयौँ मानिस जीवनको लडाइँमा छन् । घटना पछि हरेक दिन परिवारका कुनै न कुनै सदस्य मरिरहेका छन्।
शेरगढ क्षेत्रको भुङ्ग्रा गाउँमा ६ दिनअघि विवाह समारोहमा खाना पकाउने क्रममा भएको सिलिण्डर विष्फोटको घाउ अझै ताजा छ ।
यो घटनामा बेहुलाले बाबुआमासहित धेरै आफन्त गुमाएका छन् । आगोमा जलेका कारण शवको अवस्था यस्तो भयो कि छोराले आफ्ना प्रियजनलाई अन्तिम पटक देख्न र मुखाग्नी दिन सकेनन् ।
उक्त दुर्घटनामा बेहुला सुरेन्द्र सिंहका बाबुआमा बाहेक उनकी बहिनी, भतिजा, भान्जा र भान्जीसहित २८ जनाको मृत्यु भएको छ । सुरेन्द्र सिंहको परिवारको अवस्था यस्तो छ कि परिवारका सदस्यको अन्तिम संस्कारमा एकजना दाजु मात्रै उपस्थित छन् भने अन्य सबै अस्पतालमा भर्ना भएकाहेूको सेवामा जुटेका छन् ।
अस्पतालबाट एउटै आवाज पनि आयो भने फेरि कुनै अप्रिय घटनाको जानकारी आयो कि भनेर सुरेन्द्र सिंहका परिवार डराउँछन् । घटनाका सम्बन्धमा जोधपुर ग्रामीणका एसपी अनिल कायलले दुर्घटनामा मृत्यु हुनेमा ९ बालबालिका र ८ महिला र धेरै पुरुष रहेको बताए ।
महात्मा गान्धी अस्पतालमा भर्ना भएका ५ जनाको अवस्था थप गम्भीर रहेको र ३४ जनाको उपचार भइरहेको बताइएको छ । जानकारी अनुसार बुधबार बेहुलाकी आमा धापु कंवरको पनि उपचारका क्रममा मृत्यु भएको थियो भने लोकेन्द्र सिंह, किरण कंवर, धापु कंवर, जसु कंवर, जमुना कंवर र गवरीदेवीको पनि मृत्यु भएको थियो ।

महात्मा गान्धी अस्पतालमा भर्ना भएका ५ जनाको अवस्था थप गम्भीर रहेको र ३४ जनाको उपचार भइरहेको बताइएको छ । जानकारी अनुसार बुधबार बेहुलाकी आमा धापु कंवरको पनि उपचारका क्रममा मृत्यु भएको थियो भने लोकेन्द्र सिंह, किरण कंवर, धापु कंवर, जसु कंवर, जमुना कंवर र गवरीदेवीको पनि मृत्यु भएको थियो ।काठमाडौं । राजस्थानको जोधपुरमा अलिकति लापरवाहीले यस्तो भयानक दुर्घटनाको रुप लियो कि विवाहको खुसी शोकमा परिणत भयो ।