
बिहेमा बेहुलीले बेहुलालाई माला लगाउदा लगाउदै अचानक मृत्यु भएको दुखद घटना बाहिर आएको छ । यो दुख घटना भारत लखनउको हो ।
शिवांगी नामकी बहुलले बेहुलालाई माला लगाउन स्टेजमा पुगेका अचानक चक्कर लागेर ढल्न पुगिन् ।तत्काल उनलार्ई उपचारको लागि अस्पताल पुर्याएपनि उनको मृत्यु भएको बताइएएको छ । चिकित्सकका अनुसार दुलहीको हृदयघातका कारण मृत्यु भएको हो ।
बिहेको १५–२० दिनअघि शिवांगी अस्वस्थ रहेको उपचार पछि उनी निको भएको पनि बताइएको छ । उनी एक साताअघि ठिक थिए । त्यसपछि बिहेको दिन पनि अचानक उनको स्वास्थ्य बिग्रिएको थियो ।
बेहुलीको मृत्युपछि दुवै परिवारमा अहिले सहनै नसकिने पीडामा परेका छन् । केही मिनेटमै सबै खुशी शोकमा परिणत भएको भएको यो घटनाले सबै स्तब्ध छन् । शनिबार परिवारले शिवांगीको अन्तिम संस्कार गरेका छन् ।