श्रीमतीसहित १३ वर्षदेखि जापानमा बस्दै आएका राई मृ°त अवस्थामा फेला

जापानको टोकियोमा एक नेपालीको मृ°त्यु भएको छ । मृ°त्यु हुनेमा भोजपुर- ४ का ४२ वर्षीय दिवश राई रहेका छन् । रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृ°त अवस्थामा भेटिएका हुन् ।

उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए। शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृ°त अवस्थामा भेटिएका र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।

आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजाँदै गरेको बताइएको छ । स्वर्गीय राईकी नेपालमा ७ वर्षीय एक छोरी छिन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post