ट्रिपरको ठक्करबाट साइकल यात्री ११ वर्षीया बालिकाको मृत्यु

झापाको भद्रपुरमा ट्रिपरको ठक्करबाट साइकल यात्री एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ स्थित मेघाटोल निवासी ११ वर्षीया शिल्पा ऋषिदेव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

भद्रपुर-७ स्थित अञ्जनीमोडमा बिहीबार दिउँसो १२ बजे गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको ट्रिपरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल पुर्‍याएको र त्यहाँ उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको थियो।

उनको सोही हस्पिटलमा उपचारकf क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। हल्दिबारीको प्रगति इँटाभट्टाको ट्रिपर हो। ट्रिपर चालक हल्दिबारी गाउँपालिका-२ निवासी २१ वर्षीय जितलाल राजवंशी रहेका छन्।

उनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन। ट्रिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post