विवाहको केही घण्टापछि गायक जेक फ्लिन्टको निधन

अमेरिकन चर्चित गायक जेक फ्लिन्टको विवाहको केही घण्टापछि निधन भएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेकले गत २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही समयपछि उनी सुतिरहेकै अवस्थामा निधन भएको हो ।

उनको निधनको कारण भने खुल्न सकेको छैन । उनको अचानक भएकाे निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् ।जेक प्रचारक क्लिफ डोयलले उनको निधनलाई पुष्टि गरेको हो ।

साथै जेकको निधन भएपछि श्रीमती ब्रेन्डाले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन् ।उनले विवाहको तस्वीर हेरेर बस्नुपर्ने समयमा आफ्नो श्रीमानलाई कुन कपडामा अन्त्येष्टि गर्ने भन्ने बारेमा सोच्नुपरेको भन्दै उनले दुःख व्यक्त गर्दै लेखेकी छन्, ‘हामीले अहिले हाम्रो विवाहको तस्वीर हेर्नुपर्ने थियो ।

तर, यतिबेला मैले आफ्नो श्रीमानलाई कुन कपडामा अन्त्येष्टि गर्ने भनेर सोच्नु परिरहेको छ । यस्तो दुःख कसैले पनि पाउनु हुँदैन । मेरो मुटु मबाट चुँडियो र मलाई उनको आवश्यकता छ । म चाहन्छु, उनी फिर्ता होउन् ।

मैले यो सहन सकिरहेको छैन ।’जेक ३७ वर्षका थिए । उनी एक उत्कृष्ट गायक, रेकर्डिङ आर्टिस्ट र डिमान्डमा पर्ने लाइभ परफर्मर थिए । सन् २०१६ मा उनले गायन सुरु गरेका थिए । उनको पहिलो एल्बमको नाम ‘आइ एम नट ओके’ थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post