बाजुरामा सुत्केरी गराउन अस्पतालमा लैजादै गर्दा २१ वर्षीया भाग्यले बाटो मैबच्चा जन्माए पछि..

बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन्।

गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो। बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमी रमा रोकायाले बताईन् ।

बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्तादेखि चिकित्सक नहुदा जटिल खाले गर्भवतीलाई रिफर गर्ने गरिएको थियो। अस्पतालमा चिकित्सक नहुँदा अछाम रिफर गरेर लैजाँदै गर्दा बाटोमै बच्जा जन्मिएको थियो।

तालिम प्राप्त चिकित्सक डा। सुनिलकुमार शाह, डा। बिपुल चौधरी र डा। जस्मिता बलमपाकी बिदामा गएपछि बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत डा। दिपेन्द्र बुढा पनि बिदामा छन्। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

भाग्य जस्तै धेरै गर्भवतीको पीडा यस्तै छ। हिमाली गाउँपालिका १ बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछि ३ घण्टा टाढाको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लैजाँदै गर्दा उनले पनि बाटो मै बच्चा जन्माएकी हुन्*

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post