पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर रोमानिया गएका ३३ वर्षीय देवेन्द्रको मेसिनमा परेर मृ°त्यु


म्याग्दी – ३ महिनाअघि वैदेशिक रोजगारीका लागि रोमानियामा गएका एक नेपालीको मृ°त्यु भएको छ । मृ°त्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षीय देवेन्द्र पुन रहेका छन् ।

उनी पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए । उनको टिमिसोरा शहरको भिजेजदियानजिक बानट मेलन एग्रिकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृ°त्यु भएको बताइएको छ ।

पुनको दिउँसो करिब ३ बजे आलु टिप्ने क्रममा मेसिनको बेल्टमा च्यापिँदा ज्यान गएको जनाइएको छ। उनको मृ°त्यु पछि उनको परिवार गहिरो शोकमा डुबेको छ ।

उनका बुवाआमा, दाजुहरू, पत्नी र एउटा ६ महिने शिशुसहित दुई छोरा छन्।पुनको श°व नेपाल ल्याउन पहल भइरहेको रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post