दौडँदादौडँदै लडेका भरतको “अधुरै रह्यो देशको सेवा गर्ने सपना”

दौडँदादौडँदै लडेका भरतको “अधुरै रह्यो देशको सेवा गर्ने सपना”अछामको मेल्लेख गाउँपालिका ६ झडिगाउँका २१ वर्षीय भरत बोहराले बाल्यकालमा आमाको माया पाउन सकेनन्।

चार वर्षको उमेरमा आमाले सदाका लागि छोडेर गएपछि बाले पालनपोषण गरेर हुर्काए।।केही वर्षपछि बाले दोस्रो विवाह गरेर कान्छीआमा भित्र्याएपछि उनैले भरतको स्याहारसुसार गरिन्। खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्मको अध्ययन गरे।

कमजोर आर्थिक अवस्थाका कारण उनले उच्चशिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइ रोकेर रोजगारी खोजी गर्न थाले। सोही बेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि गाउँका अन्य साथीहरूसँगै उनले पनि आवेदन दिए।

सानैदेखि नेपाल प्रहरी बनेर राष्ट्रको सेवा गर्ने इच्छा भएका बोहरा प्रहरी छनोटको आधारभूत तालिममा सफल हुँदै प्रशिक्षार्थी प्रहरी जवानका रूपमा छनोट भए।

११ महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए।

असार २२ गते नियमित तालिमअन्तर्गत १० किलोमिटरको लामो दौड चलिरहेको थियो। आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए।

एकछिनमा आफैँ उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करिब तीन सय मिटरको दुरी बाँकी छँदै फेरि लडे। फेरि लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचार गर्दा होस खुलेन। हेलिकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो।।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post