कार र बाइक ठोक्किँदा एकको मृत्यु

भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो। त्यस्तै बा २८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो।

बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो', उनले भने।

Post a Comment

Previous Post Next Post