कपडा पसलमा आगलागी : एकै घरका ३ बालबालिकाको जलेर मृ°त्यु

रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुदा तीन बालबालिकाको जलेर मृ°त्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।

गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृ°त्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृ°त्यु भएको हो । आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन् ।

घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा लडेर नसिमा घाइते भएकी थिइन् । घाइते सबैको ज्यान जोगाउन भाग्ने क्रममा लडेर खुट्टामा चोट लागेको हो । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ । पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।

घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । ‘ठ्याक्कै कस्को घरबाट आगो सल्केको भन्ने भन्न सक्ने अवस्था छैन,’ उनले भने,‘हामी पत्ता लगाउने प्रयासमा छाँै । घटनाबारे अनुसन्धान भइरहेको छ ।’ आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ सदस्य सुतिरहेका थिए । अचानक आगलगी भएपछि बालबालिकालाई जोगाउन नसकेको पीडितको भनाइ छ । आगलगीको घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ । ग्यारेजमा मर्मतका लागि राखीएको करिब डेढ दर्जन मोटरसाइकल जलेर क्षति पुगेको छ । मोटरपार्ट्स जलेर क्षति पुगेको छ । नगरप्रमुख शम्भु साहले पीडितलाई कम्बल, बास, औषधिउपचार तथा अन्य व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् । आगलगीमा मृ°त्यु भएकाको शव गौर अस्पतालमा राखिएको छ । नोट: फाईल तस्बीर

Post a Comment

Previous Post Next Post