ट्रकको ठ’क्करबाट बाटोमा हिड्दै गरेकी एक महिलाको दुखद निधन

काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको

ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि: चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध, देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ।

राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ। पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post