यिनै हुन् १६वर्षिय दिपा जसको खाउ खाउ लाउ लाउ भन्ने उमेरमै यसरी भयो मृत्यु !

डेंगुका कारण कञ्चनपुरकी एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ। डेंगुले जिल्लाको बेलौरी नगरपालिका–१० की दीपा चौधरीको ज्यान गएको हो।बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुगाइएकी चौधरीको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

करीब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो। ज्वरो बढेपछि थप उपचारको लागि एक साता अघि उनलाई धनगढी ल्याइएको थियो। तर, उपचारकै क्रममा चौधरीको बुधबार मृत्यु भएको हो। श्रोत: दिनेश खबर

यो पनि, सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्कँदा तीन वर्षका एक बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्कँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताए ।

स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।

बिहान ११:५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताएका थिए । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।


Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post