भाइटीका सकिन नपाँउदै महोत्तरीमा तनाव, ३२ राउण्ड गोली चल्यो, अनिश्चितकालीन कर्फ्यू आदेश जारी


महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ।

बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए। त्यसै क्रममा वडा नम्बर ८ स्थित पररियामा दुबै समूहबीच झडप भएको थियो।

दुबैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै एक दर्जन व्यक्ति घाइते भएको डिएसपी यादवले बताए।

उनीहरूको अवस्था सामान्य छ। अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेका थिए।चार जनालाई गोली लागेको हल्ला चले पनि अहिलेसम्म पुष्टि हुन नसकेको डिएसपी यादवको भनाइ छ। अहिले अवस्था सामान्य रहेको उनले बताए।

शान्त भएको विवाद राती बढ्न सक्ने आशंकामा त्यस क्षेत्रमा साँझ ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post