भीरबाट लडेर एक युवकको मृत्यु


रोल्पामा मंगलबार भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।मंगलबार बेलुका साढे ६ बजे गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर वडा नंं ७ आराखोलाका २२ वर्षका अम्मर विकको मृत्यु भएको हो ।

उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट १५० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post