बेच्न खोज्दा मालिकको अंगालोमा मानिसजस्तै बेस्सरी रोयो यो बाख्रा! (हेर्नुहोस )


बेच्न खोज्दा मालिकको अंगालोमा मानिसजस्तै बेस्सरी रोयो यो बाख्रा! हामी मानिसहरु विश्वभर व्यवसायिक रुपमा बाख्रा, भैँसी, गाईजस्ता जनावर पाल्छौं र फाइदाको लागि बेच्छौं।

यसरी नै एक कृषकले आफ्नो एक बाख्रालाई बेच्न लाग्दा उक्त बाख्रा मालिको अंगालोमा आएर बेस्सरी रुन्छ। यतिबेला सो भिडिओ विश्वभर निकै भाइरल बनिरहेको छ। मानिसहरुले विभिन्न खाले प्रतिक्रिया पनि जनाइरहेका छन्।वास्तवमा जनावरको पनि हामी मान्छेको जस्तै भावना हुँदो रहेछ भनेर यो दृश्यले पुष्टि गरिदिन्छ। आफ्ना मालिकलाई ती बाख्राले निकै माया गर्ने हुनाले त्यो बाख्रा विछोडका बेलामा हामी मान्छैजस्तै दुखी भएको प्रतिक्रिया आइरहेको छ।

यो पनि पढ्नुहोस्: निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ । अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ ।

ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगका एक अधिकारीले जानकारी दिए । निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन्

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post