दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post