बुटवलबाट गुल्मीको अर्जै छाप जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मंगलबार राति पौने दुई बजे लु१ज ४४४८ नम्वरको जीप रेसुंगा नगरपालिका ४ रागेढुंगा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी जीप चालक इस्मा गाउँपालिका ६ अमरपुर निवासी २६ वर्षीय बेले नामले चिनिने कृष्ण बहादुर सुनार र बुटवल १४ बस्ने अमरपुर माइतीघर भएकी ३५ वर्षिय देवकला अर्याल घाइते भएका छन्।
गाडी चालक सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए। जीपमा दस जना सवार थिए।