एकै ठाउँमा भयो रोशनी र शरदको यसरि भयो अन्त्य ष्टी


जंगलमा गाडेको अवस्थामा श व फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा अन्त्ये ष्टि गरिएको छ। तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते हत्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको श व फेला परेको थियो।

उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घा टमा एकै साथ अन्त्ये ष्टि गरिएको हो। अलगअलग चितामा उनीहरूको अन्त्ये ष्टि गरिएको थियो।अन्त्येष्टिमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार तथा एमाले नेतृ कोमल वली, एमाले नेता तथा ३(ख) मा उम्मेदवार हुकुमबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य भागवत विश्वासी, कांग्रेस महासमिति सदस्य बिमल रिजाललगायत उद्योगी व्यवसायी र ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए।

विभिन्न राजनीतिक दलका उम्मेदवार, अधिकारकर्मी, सर्वसाधारण र पीडित परिवार जनले रोशनी र शरदको हत्यामा संलग्नहरूको पहिचान गरी तत्काल पक्राउ गर्न तथा कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्। उनीहरूको चिता बल्दै गर्दा अधिकाँस मानिसका आँखा रसाएका देखिन्थे।

प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फेला परेको छ। घटनाको अनुसन्धान गर्न आइतबार नै कोहलपुरबाट तालिम प्राप्‍त कुकुर ल्याइएको थियो। कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्‍ता डिएसपी राजन गौतमले जानकारी दिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनीले लगाएको चप्पल पनि जंगलमा फेला परेको जानकारी दिए।कुकुरको मद्दतले आज हामीले उनीहरूले प्रयोग गरेका मोबाइल, चप्पल लगायत केही कुराहरू फेला पारेका छौं,’ गौतमले भने ‘मोबाइल फोनबाट पनि घटना अनुसन्धानमा केही सजिलो हुने विश्वास छ।

डिएसपी मल्लले दिनहुँ कुनै न कुनै समय प्रहरी घट नास्थल पुग्ने गरेको, स्थानीयसँग विभिन्न सूचना संकलन गर्ने गरेको हुँदा छिट्टै अपराधी नजिक पुग्ने आशा व्यक्त गरे।प्रहरीले उनीहरूको फोन छुट्टाछुट्टै स्थानबाट फेला पारेको हो। घटनास्थल नियाल्दा पनि फोन थुतेर स्विचअफ गरी फालिएको प्रहरीको अनुमान छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post