बझाङको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, चार जनाको सनाखत

बझाङ : बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृतकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का,१५ वर्षीय रोशन खड्का,११ वर्षीय प्रचण्ड खड्का र २८वर्षीया बसन्ती धामी रहेका छन्।

सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको छ। जिपमा कति जना सवार थिए भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post