अर्घाखाँचीमा वृद्धभत्ता बुझेर आउँदै गर्दा भीरबाट धकेलेर दाजुले यसरि गरे भाइको हत्या

 

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको ह<<त्या गरेका छन्। बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृ<<त्यु भएको थियो। 

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए। घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली भाइको मृ<<त्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।गमालको शव बाटोदेखि झन्डै ८० मिटर तल खसेको अवस्थामा फेला परेको थियो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post