जीप प,ल्टियो, एकै परिवारका ४ जना सहीत ६ जना घा,ईते


गुल्मीमा जीप दु,र्घटना हुँदा ६ जना घा,इते भएका छन्। आइतबार बुटवलबाट गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप सत्यवती गाउँपालिका ६ स्थित रुद्रवेणी–वामी सडकखण्डमा अनियन्त्रित भई सडकमै प,ल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलका अनुसार दु,र्घटनामा परी घा,इते हुनेहरुमा बागलुङको बाटाकाचौर गाउँपालिका ३ की ४७ वर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ वर्षीया चन्द्रकला काउछा, २२ वर्षीया दिपिका काउछा, ५७ वर्षीय प्रेमबहादुर काउछा रहेका छन्।त्यस्तै चन्द्रकोट गाउँपालिका १ का १६ वर्षीया कल्पना गलामी र वडा नम्बर ४ का २८ वर्षीया कल्पना पुन रहेका छन्।

जीपमा १३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। घा,इतेहरुलाई उपचारको लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साभार – प्रेस दैनिक

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post