४ दिनदेखी बेपत्ता कक्षा ९ मा पढ्ने किशोर-किशोरीलाई यसरी मा’रेर खाडलमा पुरेपछी (भिडियो हेर्नुस)

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चो`ट देखिएको छ । 

स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श`व गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चो`ट पटक देखिएको छ । दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्र`हार गरेजस्तो गहिरो चोट लागेको छ,’ उनले भने, ‘त्यसले उनीहरू दुबैको ह`त्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।

महतरा र आचार्यको श`व आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पुर्‍याइएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घट`नाको प्रकृतिका हेर्दा उनीहरूको हत्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताए।

यो आकस्मिक रूपमा भएको ह`त्या हो वा पूर्वयोजना अनुसार भएको हो, अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘ तर, उनीहरुको हत्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको छ।’ अपर्झट हुने घट`नाको ह`त्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ।

जसरी ह`त्यागरि दुबैको शब एउटै खाडलमा गाडिएको छ त्यसले घ`टना योजनाअनुसार र चिनजानकै तथा नजिकका आफन्तबाट भएको हुनसक्छ,’ उनले भने, ‘प्रहरी गम्भीर अनुसन्धानमा लागेको छ र छिट्टै ह`त्यामा संलग्न ब्यक्ति पत्ता लगाउनेगरि काम गरिरहेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पुर्‍याएको थियो । यद्यपि ह`त्यापछि एउटै खाडलमा गाडिएका किशोरकिशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले बताएको छ।

ह`त्या गरिएका दुबैको मोवाईल फोन हालसम्म फेला पार्न सकिएको छैन,’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरुलाई गाडेको खाडलमा पनि मोवाईल फेला परेन र अनुसन्धान जारी छ।’ प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए। एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ।

असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन । घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। प्रहरी स्रोतका अनुसार महतरा र आचार्यको बीचमा बाक्लै उठबस तथा नजिकको सम्बन्ध रहेको कुरा खुलेको छ।

उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। आचार्य दमारगाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताए।

मावली हजुरबुवाले बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखेपछि आशंका लागेर हेर्दे जाने क्रममा खोल्सामा खनेको नयाँ माटो देखेपछि गाडेको अवस्थामा श`ब फेला पारेको प्रहरीले बताएको छ । त्यसपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको थियो ।

घरबाट तीनदिनदेखि बेपत्ता भएका उनिहरु अचानक घरनजिकै खाडलमा गाँडेको अबस्थामा भेटीएपछि यतिबेला घरगाँउले आतंकित बनेका छन । स्थानियको बयानलाई ध्यान दिने हो भने यी किशोरकिशोरीको सुनियोजित ह’त्या भएको बुझन सकिन्छ । मृतक किशोरकिशोरीको शब एकदमै डरलाग्दो अब्स्थामा रहेको स्थानिय बताउँछन ।

बाँंकी हेर्नुस तलको भिडियोमा

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post