मोटरसाइकलको ठ’क्करबाट एकको मृ’त्यु

मोटरसाइकलले ठक्कर दिँदा सोमबार राति मोरङको धनपालथानकी एक वृद्धा महिलाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट धनपालथान गाउँपालिका–७ की ६५ वर्षीया कलावती मण्डलको मृत्यु भएको हो।

सडकमा हिँड्दै गरेकी मण्डललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८८९४ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा सोमबार राति नै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

दुर्घटनापछि तत्काल फरार भएका मोटरसाइकल चालक धनपालथान–७ का १७ वर्षीय विकास यादवलाई प्रहरीले खोजेर नियन्त्रणमा लिएको छ।

तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)प्राप्त नगरी सवारी चलाएको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक कार्कीले बताए।(

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post