आज सोमबार घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात (सोमबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ४ सय र तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो भाउ शुक्रबारको भन्दा ४०० रुपैयाँले सस्तो हो। आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post