तीन जना मृत अवस्थामा फेला

बैतडी, झापा र कास्कीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।बैतडीको पुरचौडी नगरपालिका–६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

पुरचौडी नगरपालिका–५ पुवाकोटस्थित मावली घरमा ब

स्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएकी थिइन् । खोजी गर्ने क्रममा खोलाबाट करिब ६ किलोमिटर तल उनको शव फेला परेको हो ।

झापाको मेचीनगर नगरपालिका–१ जिमी गाउँ बस्ने ५० वर्षीय भिम बहादुर तामाङ सोही ठाउँस्थित तिरिङखोलाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१७ महत गौडा स्थित फुस्रे खोलाको बीच भागमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post