यिनै हुन् आफ्नै श्रीमतीलाई फकाएर जंगलमा लगेर मार्ने श्रीमान, घर आएर छोरीहरूलाई यस्तो सम्म भन्न भ्याए ?

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ ।

ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति घ्याल्मो लामालाई पक्राउ गरेको छ । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलन गरेर रुपालाई उनकै पति घ्याल्मो लामाले ह त्या गरेर जंगलमा फालेको जानकारी दिए । ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका–९ का स्थानीय हुन् ।

काठमाडौँ उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जीविकोपार्जन गर्दै आएका घ्याल्मोले पत्नीलाई योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘लगातारको घर झगडाले हत्याको रूप लिएको देखिन्छ’ एसएसपी पोखरेल भन्छन्–‘ह त्याबारे थप अनुसन्धान हुँदै छ ।

घ्याल्मोकी तेस्री पत्नी हुन्, रुपा क्षेत्री । रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले ह त्या गरेको आरोपीले प्रहरीलाई बताएका छन् । भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे ।

गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे । गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डो रीले क सेर ह त्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।घ्याल्मोकी पहिलो श्रीमती लालमाया तामाङको १२ वर्षअघि नै निधन भइसकेको थियो। 

त्यस्तै दोस्री श्रीमती आइतमाया तामाङ दोलखा नै बस्दै आएकी छन्। ललितपुरमा ज्यामी काम गर्ने रुपालाई घ्याल्मोले रुपालाई तेस्री श्रीमतीका रुपमा ल्याएका थिए।रुपासँग घ्याल्मोले २०७२ सालमा विवाह गरेका हुन् ।

रपातिरका बच्चा छैनन् । हरिसिद्धिमा जेठीतिरका छोरीहरू बस्ने डेरा नजिकै बस्दै आएका घ्याल्मो हत्यापछि फर्किए । छोरीहरूले सोधे–‘आमा खोइ ?’ उनले जवाफ दिए–‘झगडा गरेर सोलुखुम्बु जान्छु भनेर हिँडिन, ३ वर्ष आउँदिन भनेकी छिन् ।’ताजा खबर बाट

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post