मेला हेर्न गएकी महिलाको शव झाडीमा यस्तो अवस्थामा फेला

मेला हेर्न भनी घरबाट निस्किएकी महिलाको शव धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहास्थित बाँसको झाडीमा फेला परेको छ ।

सोमबार साँझ मेला हेर्न भनी घरबाट निस्किएकी महिलाको शव मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महिला धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहा बजार टोलकी हुन् । शवको प्रकृति हेर्दा अर्धनग्न देखिएपनि घाँटी थिचेर हत्या गरी फालेको देखिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार शव फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हालेको छ। यदुकूहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा लागेको मेला हेर्न निस्किएकी महिला मृतक भेटिएपछि अनुसन्धानको क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post