कठै ! श्रीमानलाई एयरपोर्ट लिन गएकी श्रीमती तीन दिन देखि कुरेको कुरै भइन् (हेर्नुस् भिडियो)

वैदेशिक रोजगारले नेपालमा रेमिट्यान्स भित्र्याउने काम मात्रै नगरेर धेरै नै विकृति भित्र्याउने गरेको छ। त्यस्तै क्रममा वैदेशिक रोजगारमा गएर फर्किएका एक श्रीमानले आफ्नु घरमा श्रीमती हुँदा हुँदै पनि अरुको श्रीमती लिएर फरार भएको भिडियो बाहिर आएको छ।

सप्तरी जिल्लाको राजविराजका एक मुस्लिम परिवारमा घटेको यस घटनामा छोराले घरमा बुहारी हुँदा हुँदै पनि अरु नैं केटी लिएर फरार भएपछि यतिबेला उनीहरू परिवार नै मिडियामा छोरा खोजी गरिदिनु पर्यो भन्दै आएका छन्।

मोहम्मद इब्राहीमका छोरा वैदेशिक रोजगार बाट नेपाल फर्किएपछि उनी घर नै आएका रहेनछन्। उनी विदेशबाट भने नेपाल फर्किएको रेकर्ड चाई रहेछ तर उनी नेपाल आएर भने घरमा कोही सँग पनि सम्पर्क गरेका रहेनछन्।

फरार भएका श्रीमानलाई भने बिजुली भनेर चिनिने गरेको रहेछ भने उनी वैदेशिक रोजगारीको लागि खाडी मुलुक कतार गएका रहेछन्। उनी नेपाल आएको भने दुई महिना भएको र अहिले उनी काठमाण्डौंमा अर्कै युवती सँग बस्ने गरेको भन्ने सुन्नमा आएको रहेछ।

एउटा छोरा र श्रीमतीको अहिले आर्थिक अवस्था कमजोर भएको कारणले नै गर्दा श्रीमानको खोजी निकै परेको बताएका छन्। तेसैले उनीहरूले आफ्नु छोराको फोटो सहित खोजी गरिदिनु पर्यो भन्दै सबैलाई सहयोगको अपिल गरेका रहेछन्।

हेर्नुस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post