मलेसियामा कार्यरत नेपाली श्रमिकको यसरी भयो निधन !

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहनु भएका नेपाली श्रमिक मदन कुमार यादवको आकस्मिक निधन भएको छ।

बिगत ७ बर्षदेखिनै मलेसियाको केलाङ कापर भन्ने ठाउँमा अवस्थित मलेसियन मिल्क एसडिएन बिएचडी ( malaysian milk sdn bhd ) नामक कम्पनीमा काम गर्दै आएका नेपाली श्रमिक मदन कुमार यादवको यहीँ सेप्टेम्बर १२ तारिख सोमबार राती ड्युटीकै समयमा रहेको बेला निधन भएको कम्पनी स्रोतलाई उद्दत गर्दै मलेसिया स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

धनुषा जिल्ला निवासी मृतक मदन कुमार कम्पनी परिसरभित्रै ड्युटीमै रहेकै बेला कुर्सीमा बसिरहेको ठाउँमै बस्या बस्यै अच्चानक मृत्यु भएको जनाएको हो।

पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको भएता पनि मृतकको पारिवारिक स्रोतको भनाइ अनुसार मदनलाई ह्रुदयघात (Heart attack) भएर मृत्यु भएको हुनसक्ने जनाइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post